उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - जिल्ला सुरक्षा समिति दाङले आउँदाे मंसिर १४ गते हुने उपचुनावका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ ।
समितिले भूगोल, सञ्चार तथा दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको वर्गीकरण गरेको छ ।
उपनिर्वाचनका लागि ६ वटा मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । त्यसैगरी २६ मतदानस्थललाई संवेदनशील र २ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।
संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालनसँगै कार्य सम्पादनमा विषेश ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । दुई ठाउँमा हुने उपचुनावका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ ।
मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दाङकाे क्षेत्र नम्बर ३ को प्रदेशसभा २ र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ ।
यसैबीच जिल्ला सुरक्षा समितिले चुनाव हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।