उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – आफ्नो बुवाआमाको सम्झनामा तुलसीपुर उपमहानगरपालिकाका संस्थापक मेयर शंकरप्रसाद आचार्यले वीरेन्द्रमा मावि भ्युडहर सुनपुरलाई ६ लाख रुपैयाँमा सहयोग गर्नुभएको छ ।
आचार्यले आफ्ना स्वर्गीय बुवाले तत्कालीन समयमा पश्चिम दाङमा विधालय खोल्न महत्त्वपूर्ण भुमिका खेल्नुभएको र आफ्नै परिवारको संरक्षणमा स्थापना भएको विद्यालयलार्य एक कार्यक्रमका बीच नगद हस्तान्तरण गर्नुभएको हो ।
समाजसेवी आचार्यले बुवाआमाको सम्झनामा देव–अम्बिका स्मृति छात्रवृत्ति अक्षकोष स्थापना गरेर कक्षा १२ मा अध्ययन गर्ने विपन्न तथा जेहन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउन रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
आचार्यबाट एक लाख रुपैयाँ छात्रवृत्ति र पाँच लाख रुपैयाँ विद्यालयको भौतिक संरचना निर्माणका लागि सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि ढकालले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक मदनकुमार शर्माले समाजसेवी आचार्यले स्थापना गर्नुभएको अक्षकोषबाट हरेक वर्ष ब्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।
सामाजिक क्षेत्रमा विगतदेखि नै महत्त्वपूर्ण सहयोग गर्दै आउनुभएका आचार्यले शिक्षा, स्वास्थ र समाजमा अति आवश्यक पर्ने ठाउँहरुमा आफूले केही सहयोग गर्न पाउँदा जीवनमा छुट्टै आनन्द प्राप्त हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।