केपी ओली कप : उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मीले खेल्ने
फागुन १८, २०८१ आइतबार
पर्वत - देशमै पहिलोपटक स्वदेशी प्रविधिको विकास गरी १० वर्षअघि निर्माण सम्पन्न भएको मोटरेवल पुलको १० वर्षपछि मात्रै मर्मत भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्राविधिकले दोविल्ला–फलेवास सडकको मोदीखोलामा निर्माण गरेको मोटरेबल सस्पेन्सन प्रविधिको पुल मर्मत गरेका हुन् ।
स्थानीयबासिन्दा र व्यवसायीले पुल जीर्ण बन्दै गएको गुनासो गर्दै आए पनि मर्मत अभावमा जोखिम बढ्दै गएको पुल जिल्ला प्राविधिक कार्यालय पर्वतको पहलमा मर्मत सम्पन्न भएको छ ।
देशमै पहिलो पाइलट प्रोजेक्ट अन्तर्गत २०६६ असोजमा निर्माण सम्पन्न भएको १० टन बढी भार थेग्ने क्षमताको पुल मर्मतका लागि ३० लाख रुपै“या खर्च भएको जिल्ला प्राविधिक कार्यालय पर्वतका प्रमुख जिल्ला इञ्जिनियर जगदिश शर्माले बताउनुभयो ।
पुल मर्मतका लागि ४४ लाख बराबरको स्टिमेट सम्बन्धित निकायमा पठाइए पनि बजेट ३० लाख मात्रै निकासा भएपछि त्यसै अनुरुप काम सम्पन्न भएको उहा“ले बताउनुभयो । ‘पुलका सवै समस्या समाधान गर्ने गरी स्टिमेट गरेर पठाएका थियौ' प्रमुख शर्माले भन्नुभयो ‘३० लाख स्वीकृत भएर आएपछि त्यसैअनुरुप काम सम्पन्न गरिएको हो ।’ शर्माले पुलको स्टिल प्लेट, क्रस विम, फुटपाथ डेक लगायतका महत्वपूर्ण सामग्रीहरु फेरबदल गरिएको जानकारी दिनुभयो ।
पर्वतका कुश्मा नगरपालिका, मोदी गाउ“पालिका, फलेवास नगरपालिका, महाशिला गाउ“पालिका, पैञ्यु गाउ“पालिका, विहादी गाउ“पालिका लगायतका स्थानीय तहलाई कुश्माबजारस“ग प्रत्यक्ष सम्बन्ध जोड्ने गरी पुल निर्माण भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।