उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - फ्रान्सका फोटोग्राफर मिशेल मेले नेपाल बसाइका क्रममा खिचेका तस्बिरहरुको प्रदर्शनी हुने भएको छ ।
यही असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिशेल मे ले खिचेका तस्बिरहरुको प्रदर्शनी ‘फिप्टीन इयर्स इन नेपाल’ हुन लागेको हो । प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ ।
तस्बिरमार्फत् विश्वभर नेपालको प्रचार गर्न सफल फ्रान्सेली फोटोग्राफर मिशेल मे ले नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर तस्बिर खिचेका छन् । यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासो नाम गरेकाे संस्थाले मिशेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्विरहरुलाई प्रदर्शनीको रुपमा ल्याउन लागेको हाे ।
प्रदर्शनीमार्फत नेपाललाई विश्वभरमा चिनाउन थप सहयोग मिल्ने तथा नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।