कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
भोजपुर – षडानन्द नगरपालिकाले क्लिप र विषादी लगाइएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ ।
कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नष्ट गर्ने नगर सभाबाटै निर्णय भएको मेयर वीरबल राईले बताउनु भयो । कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारको लागि यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
रुद्राक्षमा पछिल्लो समय विषादीको प्रयोग र क्लिप लगाउने प्रवृत्ति बढेको छ । ‘कृषकले रुद्राक्षमा किरा, कमिला नलागोस् भनेर प्रयोग गरेको औषधिलाई विषादी भनेर व्यापारीले गलत प्रचार गरिरहेका छन् । तर केही व्यापारीले विषादी भनेर परिभाषित गरे पनि त्यो विषादी नभएर भिटामिन, मल हो’, कृषक सुमन खड्काले बताउनुभयो ।
कृषकले भिटामिन तथा मल प्रयोग गर्दा कृषि प्राविधिकको परामर्श लिएर प्रयोग गरेको र यसले रुद्राक्ष उत्पादन बढाउन सहयोग गर्ने भएकाले यो विषादी नभएको खड्काको भनाइ छ ।
केही वर्ष अघिसम्म चिनियाँ व्यापारीहरु कृषकका घरघरमा पुगेर रुद्राक्ष किन्ने गर्दथे तर स्थानीय व्यापारीका कारण प्रशासन प्रयोग गरेर उनीहरुलाई गाउँ पस्न रोक लगाइएको किसानले गुनासो गरेका छन् । चिनियाँ व्यापारीलाई बेच्दा हुने नाफा सुरक्षित गर्नका लागि व्यापारीले चिनियाँ व्यापारीलाई कृषकसम्म जान रोक लगाएको स्थानीयहरु बताउँछन् ।
अहिले कृषकले प्रयोग गरेको औषधिलाई विषादी भनेर तीनै व्यापारीले कृषकमाथि नै खेलबाड गरेको स्थानीयले आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।