उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ - लुटपाटका क्रममा गम्भीर घाइते भएकी थलारा गाँउपालिका-५ की विमला ओलीको उपचारमा आर्थिक अभावका कारण समस्या आएको छ ।
गएको साउन २० गते केदार स्युँ गाँउपािलका–९ मा रहेको माइतीबाट थलारा गाँउपालिका–५ मा रहेकाे घर आउँदै गरेकी २२ वर्षीया ओलीलाई स्थानीय २ जना युवाले लुटपाट गरी ज्यान मार्ने प्रयास गरेका थिए । थलारा गाँउपालिका–६ का प्रेम कठायत र सौरभ चौहानले उनको कानमा लगाएको मुन्द्रा लुटपाट गर्नुका साथै टिनको पाता र रेडबुलको बट्टाले उनको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए ।
घटनामा गम्भीर घाइते भएकी ओलीकाे दुई महिनाकाे गर्भसमेत खेर गएकाे उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बिहेको ऋण तिर्न भारत गएर रोजगारी गरेका विमलाका पति दिनेश खत्रीले अहिलेसम्म उपचारमा झण्डै ६ लाख भन्दा बढी खर्च भैसकेको बताउनुभयो ।
विमलाका बावु नर बहादुर ओलीले परिवार र इष्टमित्रसँग हारगुहार गरेर ब्याजमा पैसा निकालेको बताउँदै अहिलेसम्म ६ लाख रुपैया लिएको र अब भने पसा पनि पाइन छोडेको गुनासो गर्नुभयो । अहिले विमलाको उपचार नेपालगञ्जको नर्सिङ होममा भैरहेको भन्दै श्रीमतीको ज्यान बचाइदिन विमलाका श्रीमान दिनेशले सबैलाई अनुरोध गर्नुभयाे ।
‘मेरो परिवारमा अरु कोही छैन, मेरा दाइको मानसिक अवस्था कमजोर छ । पाखो जमिनमात्र भएकोले कसैले किन्न मान्दैनन्,मेरी श्रीमतीकाे ज्यान बचाइदिन सबैलाई अनुराेध गर्दछु, उहाँले भन्नुभयाे ।
भारतबाटै १५ हजार रुपैयाँ ऋण निकालेर नेपालगञ्ज पुगेका खत्रीले मेडिकलमा मात्रै ४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र अब मेडिकलले समेत औषधि दिन आनाकानी गर्न थालेकाे सुनाउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।