एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, भोलि भव्य उद्घाटन हुँदै
मंसिर १४, २०८१ शुक्रबार
पर्वत – नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् ।
पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुली बलात्कारको आरोपमा पक्राउ परेका हुन् । बलात्कृत भएको घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा उनलाई एक हप्तापछि पक्राउ गरिएको हो ।
गएको साउन ६ गते साँझको समयमा ९ वर्षीया बालिका पराजुलीबाट बलात्कृत भएकी थिइन् । बालिका बलात्कारको घटना गाउँमा नै मिलाउने प्रयास भैरहेको थाहा भएपछि स्थानीयले प्रहरीसमक्ष न्याय दिलाउन माग गरेका थिए ।
आरोपित पराजुलीलाई प्रहरीले मंगलबार उनकै घरबाट नियन्त्रणमा लिएर त्यसै दिन यौन दुर्व्यवहार अन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।
एक लाख रुपैँया दिने शर्तमा मिलापत्र
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले अनुसन्धान जारी रहेको र यसअघि घटना गाउँमा नै मिलाइएको भन्ने बारेमा सोधपुछ भैरहेको बताउनुभयो ।
प्रहरीका अनुसार आरोपित पराजुलीले आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर १० रुपैँयामा ललाइफकाइ गरी बलात्कार गरेको पाइएको छ ।
पीडित बालिकाका आफन्तले बलात्कारको घटना थाहा पाएपछि आरोपितले सुरुमा १० हजार रुपैँया दिने र घटनालाई बाहिर नल्याउने शर्त राखेका थिए ।
तर फेरि पीडित पक्षको तर्फबाट केही व्यक्तिहरुले एक लाख रुपैँयाको माग गरेपछि रकम दिने सहमति भएको थियो । रकम दिने सहमति भए पनि पीडित पक्षले नपाइसकेको र साउन १६ गते मात्रै दिने सहमति भएको प्रहरीले जनाएको छ ।
बालिकाको एक सातापछि स्वास्थ्य परीक्षण
बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपित पक्षका आफन्तहरुले बालिकालाई बाग्लुङ अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
बालिका बलात्कारजस्तो जघन्य अपराध गाउँमा नै कानुन विपरीत मिलापत्र भएको जानकारी भएपछि आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।