वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल हङकङसँग २ रन...
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले भदौ १२ गते अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं–ओसाका उडान गर्ने भएको छ ।
निगमले गएको असार १९ गतेदेखि ओसाका उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । अब भदौ २९ गतेदेखि हप्तामा २ वटा उडान हुने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो ।
‘यसअघि हामीले उडानको तयारी गरे पनि एजेन्टले राम्रोसँग काम नगर्दा यात्रु पाएनौँ, तर अब नयाँ एजेन्ट राखेर टिकङ बुकिङ खुला गरिसकेका छौँ, अब भने उडान स्थगित हुँदैन ।’ चन्दले भन्नुभयो ।
अहिले धेरैले नेपाल–जापान उडानको बारेमा जानकारी राखेको र केहीले टिकट नै बुकिङ गरिसकेको उहाँले बताउनुभयो । प्रवक्ता चन्दका अनुसार काठमाण्डौबाट ओसाका जाने पहिलो उडानको लागि ३ जनाले टिकङ बुकिङ गरिसकेका छन् भने फर्कँदालाई ७ जनाले बुकिङ गरेका छन् ।
‘हामीसँग अझै १ महिनाभन्दा धेरै समय बाँकी छ, एजेन्टलाई अलि धेरै सक्रिय बनाउन सकेमा यात्रु नहुने कुरा आउँदैन, सुरु–सुरुमा त कम यात्रु भए पनि उडाउनैपर्छ’, उहाँले भन्नुभयो ।
निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।
— Nepal Airlines🇳🇵 (@NepalAirlinesRA) July 24, 2019
नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।
निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।