सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
काठमाण्डाै - हिमालय एअरलाइन्सले साउन ६ गते (जुलाई २२) देखि काठमाण्डाै-ढाका सीधा उडान गर्ने भएको छ।
काठमाण्डाै-ढाका रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सिट क्षमता भएकाे न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने बताइएकाे छ । एयरलाइन्ससँग अहिले तीन वटा नयाँ एयरबस ३२०–२०० का जहाजहरु उपलब्ध छन् ।
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने यात्रुलाई लक्षित गरि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जानकारी दिएको छ।
मध्यपूर्वी एसियाका गन्तव्य स्थलहरु दोहा, दुबई/आबुधाबी तथा दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बंगलादेशसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाण्डौ ट्रान्जिट हबको विकल्प बन्ने एयरलाइन्सकाे अपेक्षा छ ।
हिमालय एअरलाइन्सले हप्ताको तीन दिन ढाका उडान गर्ने कम्पनीले जनाएकाे छ । एयरलाइन्सको एच९ ६७८ बिमानले काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान गर्ने र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ।
एच ९ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान गर्ने त्यसै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रने बताएकाे छ। दुईतर्फी उडानमै प्रिमियम इकाेनोमी क्लासमा २५ किलोसम्मको ब्याग निःशुल्क हुने र इकाेनोमी क्लासमा २० केजीसम्मको छुट हुने कम्पनीले जनाएकाे छ।
एअरलाइन्सले ‘एसएयर एयर बीडी’ कम्पनीलाई लाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ ।‘एसएयर एयर बीडी’ले बंगलादेशमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बिक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्ने जनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।