उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
धनकुटा - स्थानीय लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले धनकुटामा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री हुने भएको छ ।
एकल गायन र नृत्य विधाको प्रतियोगिताको लागि प्रदेश १ का ८ जिल्लामा अडिसन हुनेछ । अडिसन असार २८ गते उदयपुर, साउन ३ गते झापा, साउन ४ गते विराटनगर मोरङ, साउन ११ गते सुनसरीको इटहरी, साउन १८ गते भोजपुर र संखुवासभा खाँदबारी, साउन २० गते तेह्रथुमको बसन्तपुर र साउन २५ गते धनकुटाको तल्लो टुँडिखेलमा हुने टिन्स क्र्यू डान्स सेन्टरका कार्यक्रम संयोजक सुमन योगीले बताउनुभयाे ।
गायन र नृत्य विधाका दुवै विजेतालाई एक-एक लाख नगद सहित ५ लाख बराबरको जीवन बीमा गरिनेछ ।
उप विजेतालाई दुई लाख बराबरको जीवन बीमा र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । उत्कृष्ट फाइनलिष्टलाई म्यूजिक भिडियो र भाग्यशाली फाइनलिष्टलाई सिंगापुर भ्रमण गराइने संयोजक योगीले जानकारी दिनुभयाे ।
अडिसनको प्रमुख निर्णायक गायनतर्फ राष्ट्रिय गायिका कुन्ती मोक्तान र नृत्यतर्फ दिलिप रायमाझी रहनेछन् । पूर्वाञ्चल डान्सिङ सुपरस्टार २०७३ र पूर्वाञ्चल गट ट्यालेन्ट २०७४ पछि पूर्वाञ्चल गट ट्यालेन्ट सिजन थ्री धनकुटामा गर्न लागिएको आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।