उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काभ्रे – बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा प्रहरीले एक जना पक्राउ गरेको छ ।
सिरिञ्ज आक्रमणको आशंकामा खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।
‘पीडितको भनाइअनुसार पाठकले सिरिञ्ज हानेको हो भनेपछि नियन्त्रणमा लिएका हौँ’ सापकोटाले भन्नुभयो । सोमबार बिहान बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको बताउनु भएको थियो । महिलामाथि सिरिञ्ज आक्रमण भएपछि पाठकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।
स्थानीयले पाठकलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्धार गरेर तीनदोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको छ । बनेपाको चारदोबाटोमा पक्राउ गरिएका पाठकलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
स्थानीयले पाठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । पाठकले भने आफूले सिरिञ्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाइ छ ।पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ ।
पाठक स्याङ्जामा शिक्षण पेशामा आवद्ध भएको भनिए पनि स्थायी ठेगाना भने खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।