नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
१८ वर्षसम्म क्रिकेट खेलिसकेका एक व्यक्तिले के गर्छन् ? तपाईसँग सहज उत्तर हुनसक्छ, कमेन्ट्री, प्रशिक्षक या क्रिकेटकै कुनै प्रशासनिक काममा सक्रिय । तर बंगलादेश क्रिकेट टिमका कप्तान मशरफे मोर्तजा माथि उल्लेख गरिएका कुनै भूमिकामा छैनन् ।
उनी अहिले पनि बंगलादेश क्रिकेट टिमको कप्तान हुन् । साथै सत्तारुढ दल अवामी लिगका सांसद पनि । सांसदको भूमिकामा रहेका उनी अहिले पनि क्रिकेटको मैदानमा बल र ब्याटका पछि दौडिरहेका छन् । जारी विश्वकपमा उनको न बल चल्यो न ब्याट नै । उनको प्रदर्शनबाट बंगाली समर्थकरु भने पक्कै निराश भएका छन् । सेमिफाइनल रेसबाट आउट हुँदै प्रतियोगिता टुंग्याएको बंगलादेशका कप्तान मोर्तजाले जम्मा ३४ रन बनाए भने १ विकेट लिएर विश्वकपबाट बिदा पनि भए ।
कप्तानको भूमिका
बंगलादेश क्रिकेटमा मोर्तजा एक सफल बलर पनि मानिन्थे । उनले आफ्नो १० ओभरको स्पेलमा कम्तिमा ४०–६० रन खर्चिएर २–३ विकेट लिने क्षमता राख्थे । तर आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणमा कप्तानको रुपमा मैदान उत्रदा उनको प्रदर्शन यति खस्कियो की समर्थकहरु पनि पुरै निराश बने ।
कप्तानको रुपमा १०० विकेट पूरा गर्न अझै उनी २ विकेटले टाढा छन् । यो नाम अहिलेसम्म शन पोलक र बकार युनुसको नाममा मात्रै रहेको छ । बंगलादेशबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा मोर्तजा पर्छन् । उनले समग्रमा २६५ विकेट लिएका छन् । दोस्रो स्थानमा शकिब अल हसन छन् उनले २६० विकेट लिएका छन् ।
प्रदर्शनको अवस्था
मोर्तजाको पछिल्लो प्रदर्शन निकै खस्किएको छ । उनको बलिङ औसत ३२ थियो भने विश्वकपमा ५३ पुगेको छ । यो विश्वकपमा ८ खेलमा उनले जम्मा एक विकेट लिएर सबैलाई निराश बनाए । अधिकांश खेलमा उनले आफ्नो १० ओभरको स्पेल नै पूरा गर्न सकेनन् ।
उनले हरेक ओभरमा ६.५ देखि ७.५ को औसतमा रन खर्चिएका थिए भने कति बेला त ८ नै पुग्ने गरेको थियो । यसैले त बंगालीहरु भन्दै छन् मोर्तजा कसरी कप्तान बने जो आफैमा टिमका लागि बोझ छन् ।
राजनीतिको पिचमा
क्रिकेट खेल्दा खेल्दै राजनीतिमा लाग्दा पनि समर्थकहरुले मोर्तजाको आलोचना नगरेका होइनन् । राजनीतिमा लागेपछि उनको क्रिकेट करियर कमजोर बनेको उनका आलोचकहरुको दाबी पनि छ । जसलाई यो विश्वकपले पुष्टि पनि गरिदियो । त्यसैले उनीहरुको एक मात्र भनाइ थियो मोर्तजाको ठाउँमा अरु कुनै भरोसा गर्न योग्य खेलाडीलाई राखिएको भए टिमको प्रदर्शन अझै राम्रो हुने थियो कि ?
-बीबीसीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।