काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
एकदिवसीय विश्वकपमा पहिलो जितको खोजीमा रहेको अफगानिस्तानले लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजबाट ३१२ रनको विजय लक्ष्य पछ्याउँदै छ ।
जवाफी ब्याटिङमा उत्रिएकाे अफगानिस्तानले दाेस्राे ओभरमै पहिलाे विकेट गुमाएकाे छ। गुलाबदिन नइब ५ रनमा आउट भए ।
लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको छ ।
ओपनर क्रिस गेल पुनः एकपल्ट सस्तैमा आउट भए पनि मध्यक्रमले राम्रो प्रदर्शन गर्दा वेष्ट इण्डिजले सम्मानित योगफल बनाएको हो । गेलले १८ बलमा ७ रन बनाए। दाैलत जदरानको बलमा आउट भए ।
तर दोस्रो विकेटका लागि इविन लेविस र शाइ होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । लेविस ५८ रनमा आउट हुँदा क्यारेबियन टोली १०९–२ को अवस्थामा थियो ।
तेस्रो विकेटका लागि होपले सिमरन हेटमायरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको थप साझेदारी गरे । हेटमायर ३९ रन बनाएर आउट भए । वेष्ट इण्डिजले थप १९ रन जोड्दा ३७.४ ओभरमा होप ७७ रन बनाएर आउट भए । उनले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
पाँचौं विकेटका लागि निकोलस पुरन र कप्तान जेसन होल्डरले पनि शतकीय साझेदारी गरी वेष्ट इण्डिज विशाल योगफलतर्फ अघि बढेको हो । इनिङ्सको अन्तिम ओभरको पहिलो बलमा पुरन ५८ रनको स्कोरमा रनआउटको शिकार बने । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
लगत्तै अर्को बलमा सैय्यद शिरजादले कप्तान होल्डरलाई पनि आउट गरे । ३४ बलमा ४ छक्का र १ चौका प्रहार गरी ४५ रन बनाएर होल्डर आउट भएका हुन् । अविजित रहेका कार्लोस ब्रेथ्वेटले अन्तिम ओभरको अन्तिम ३ बलमा १ छक्का र २ चौका प्रहार गरी टिमको स्कोर ३०० माथि पुर्याए ।
अफगानिस्तानका लागि दाैलत जदरानले २ विकेट लिए । मोहम्मद नाबी, रसिद खान र सैय्यद शिरजादले एक-एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।