सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
रसुवा - रसुवा बाहिरका चालक तथा सहचालकलाई १५ दिने अस्थायी अनुमति पत्र (पास) दिनका लागि चिनियाँ पक्ष सहमत भएकाे छ ।
गएको फागुन अन्तिमबाट पास दिने काम सुरुवात भएको भए पनि बढीमा सात दिनसम्मका लागि दिने गरिएको थियो । त्यसका लागि राहदानीमा चिनियाँ पक्षले छाप लगाएर अनुमति दिने गरेको थियो ।
यो पास पाएपछि कन्टेनरका चालक तथा सहचालक चीनको केरुङसम्म जान पाउँछन् । रसुवाको स्याफ्रुबेसीमा बुधबार बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले पासको व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
केही समयका लागि राहदानीमा छाप लगाएर १५ दिने अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।‘केही समयका लागि राहदानीमा छाप लगाएर १५ दिने पास जारी गर्छन्’, उहाँले भन्नुभयो, ‘यसको व्यवस्थापन भइसकेपछि पास नै उपलब्ध गराउने छ ।’
त्यसैगरी बैठकमा बाहिरी नागरिकका लागि चीन प्रवेशका लागि एक दिने प्रवेशाज्ञा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।
रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न जोइन्ट कमाण्ड सेन्टरको स्थापना गर्ने, सुन तस्करी नियन्त्रणका लागि दुवै देशले जाँच बढाउने तथा महिलाहरू बेचबिखनमा पर्ने समस्या समाधानको लागि दुवै देशले निगरानी बढाउने सहमति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।