नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतका लागि रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।
भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।
पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।
रोहित आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहलीले २६ रन बनाए । लगातार पाँच खेलमा अर्धशतक बनाएका कोहली आज भने चल्न सकेनन् ।ओपनर राहुल भने ७७ रन बनाएर आउट भए । शिखर धवन घाइते भएर प्रतियोगितबाटै आउट भएपछि ओपनिङ आएका राहुलले जारी प्रतियोगितामा २ वटा अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।
अर्का युवा व्याट्सम्यान ऋषभ पन्त ४८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्ड्याले खाता खोल्नै सकेनन् भने महेन्द्र सिंह धोनी ३५ रनमा पेभेलियन फर्किएका थिए । तीन खेल पछि टिममा फर्किएका भुवनेश्वर कुमार २ रन बनाएर रन आउट हुँदा मोहम्मद शामी १ रनमा नट आउट रहे ।
बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए । उनले आफ्नो १० ओभरको स्पेलमा ५९ रन खर्चिँदा १ ओभर मेडन राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।