नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई ३३९ नको विशाल लक्ष्य दिएको छ । निर्धारित ओभरमा श्रीलंकालले ६ विकेट गुमाएर ३३८ रन बनाएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले बलियाे सुरुवात गरेको थियो । डिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । ३२ रन बनाएका करुनारत्नेलाई १५.२ ओभरमा वेष्ट इण्डिजका जेसन होल्डरले विकेटकिपर साइ होपको हातबाट क्याच आउट गराए ।
आक्रामक पारि खेलेका परेरा ६४ रन बनाएर रन आउट भए । त्यतिबेला श्रीलंकाको स्कोर वोर्डमा १०४ रन पुगेको थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अभिष्का फर्नान्डोले श्रीलंकाको स्कोर बाेर्डमा रन थप्ने काम गरे । उनले १०३ बलमा १०४ रन बनाउँदै टिमको स्कोर ३१४ रन पुर्याउन मद्दत गरे । फर्नान्डो सेल्डन कोट्रेलको बलमा आउट भएका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान कुशल मेन्डिसलाई ३९ रनमा फावियन एलेनले कट एण्ड बोल्ड गर्दै पेभेलियन पठाए । मेन्डिस आउट हुँदा श्रीलंकाले ३१.५ ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । चौथो विकेटको रुपमा श्रीलंकाले एन्जेलो म्याथ्युजलाई श्रीलंकाले गुमायो । म्याथ्युज २६ रन बनाएर आउट भएका हुन् । लिहरु थिरमानेले नटआउट ४५ रन बनाए ।
वेष्ट इण्डिजका लागि जेसन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओसाने थोमस र सेल्डन कोट्रेलले एक-एक विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।