नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
भारतीय अलराउण्डर विजय शंकर घाइते भएपछि भारतीय टिमलाई फेरि अर्काे झड्का लागेको छ । उनको स्थानमा मयंक अग्रवाल टिममा पर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस अघि पनि ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएर विश्वकपबाट नै बाहिरिएका थिए । उनको ठाउँमा ऋषभ पन्तले टिममा स्थान बनाएर इंग्ल्याण्डविरुद्धको खेलमा ब्याटिङ पनि गरे ।
२८ वर्षीय शंकरको खुट्टाको बूढीऔंँलामा चोट लागेको छ । शंकरको खुट्टाको औंँलामा लागेको चोट निको हुन कम्तीमा तीन हप्ता लाग्ने भएकोले उनी विश्वकपबाट बाहिरिएको बीसीसीआईले जनाएको छ ।
गएको जुन २० मा अभ्यासका क्रममा जसप्रित बुमराहको योर्कर बलले शंकरको खुट्टामा लागेको थियो ।
त्यसबेला सामान्य चोट ठहर गर्दै शंकरले जुन २२ मा अफगानिस्तान र जुन २७ मा वेष्ट इण्जिडविरुद्ध खेलेका थिए । तर इंगल्याण्डविरुद्ध खेल्नु दुई दिनअघि उनको चोट बल्झेको हो । उनले गएकाे जुन १६ मा पाकिस्तानविरुद्ध खेल्दै विश्वकपमा डेब्यू गरेका थिए ।
भारतले जारी विश्वकपमा लिग चरणमा अझै दुई खेल खेल्न बाँकी छ । भारतले मंगलबार बंगलादेश र आगामी शनिबार श्रीलंकासँग खेल्नेछ । भारत अहिले ११ अंकसहित दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।