नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले अपराजित रहेको भारतलाई ३३८ रनको लक्ष्य दिएको छ ।
आठौं खेल खेलिरहेको इंग्ल्याण्डले अहिलेसम्म तीन खेलमा पराजित भएपछि भएपछि सेमिफाइनलमा स्थान बनाउन आज ‘गर या मर’को स्थितिमा रहेको छ । भारत भने जारी प्रतियोगितामा अपराजित रहेको छ । भारतको यो सातौं खेल हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको खेलमा इंग्ल्याण्डका ब्याट्सम्यानले उत्कृष्ट सुरुआत दिलाएका थिए । पहिलो विकेटका लागि जोनी बेरस्टो र जेसन रोयले १६० रनको साझेदारी गर्दै भारतीय बलरमाथि हावी भएका थिए । इंग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायाे।
६६ रन बनाएका रोयलाई कुलदीप यादबले रवीन्द्र जडेजाको हातबाट क्याच आउट गराए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गरेका थिए । भारतले पहिलो सफलता २२।१ ओभरमा हात पारेको थियो ।
त्यसअघि ११ औंँ ओभरमा हार्दिक पाण्ड्याको बलमा रोयको पञ्जालाई छुँदै धोनीले क्याच लिए पनि डिआरएस लिन मानेन् । तर रिप्लेमा भने रोय आउट भएको देखिएको थियो ।
रोय आउट भएपछि क्रिजमा आएका जो रुट र बेरस्टाेले ४५ रनको साझेदारी गरे । उक्त साझेदारी मोहम्मद शामीले ऋषभ पन्तको हातबाट क्याच आउट गराउँदै तोडेका थिए । जसमा बेरस्टो १११ रन बनाएर पेभेलियन फर्किए । जम्मा १०९ बल खेलेका बेरस्टो आज भारतीय बलरमाथि पुरै हावि देखिएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे ।
तेस्रो विकेटको रुपमा इंग्ल्याण्डले कप्तान इयोन मोर्गनलाई गुमाएको थियो । मोर्गन जम्मा १ रन बनाउँदै आउट भएका थिए । उनलाई शममीले नै केदार जादवको हातबाट क्याच आउट गराए । जो रुट र बेन स्टोकले ७० रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर २७७ रन पुर्याएका बेला ४४ रनको व्यक्तिगत स्कोरमा मोहमद शामीबाट आउट भए ।
उनले ८ बलमा २० रन बनाएर आक्रामक शट खेलिरहेका जस बटलरलाई कट एण्ड बोल्ड गर्दै आउट गराएका थिए । व्यक्तिगत पाँचौं विकेटको रुपमा शामीले क्रिस वाेक्सलाई आउट गरे । ७९ रन बनाएका बेन स्टोक्सलाई बुमराहले आउट गरेका थिए ।
मोहम्मद शामीले आज पनि उत्कृष्ट बलिङ गरे । उनले निर्धारित १० ओभरमा ६९ रन खर्चिएर ५ विकेट लिएका थिए । उनले १ ओभर मेडन राखे । अन्तिम ओभरसमेत बलिङ गरेका जसप्रित बुमराहले १० ओभरमा १ ओभेर मेडन राखेर ४४ रन खर्चिएर १ विकेट लिए ।
कुलदीप यादव, हार्दिक पाण्ड्या र युजबेन्द्र चहल सर्वाधिक महँगो सावित भए । कुलदीपले एक बिकेट लिए पनि ७२ रन खर्चिए भने विकेटविहीन बनेका चाहल र पाण्ड्याले क्रमश ८८ र ६० रन खर्चिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।