नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
इंग्ल्याण्डमा जारी एकदिवीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।
आजकाे खेलमा पाकिस्तानलाई पराजित गरेको खण्डमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ ।
अर्कोतर्फ सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्नका लागि पाकिस्तानलाई यो मात्र होइन बाँकी सबै खेल जित्नैपर्ने अवस्थामा छ । जित महत्वपूर्ण रहेका यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोड रंगशालामा हुनेछ ।
न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जित हासिल गरेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।
कप्तान केन विलियम्सनको प्रेरणामा न्यूजिल्याण्डले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ र विश्वकपको उपाधिमा स्वभाविक दाबेदारको रुपमा आफूलाई उभ्याएको छ ।
केन विलियम्सनका अलावा रस टेलर, कोलिन डी ग्राण्डहोम, लक्की फर्गुसन, म्याट हेनरी र जेम्स निसमकै प्रदर्शन यसअघिका खेलमा जस्तै पाकिस्तानविरुद्ध पनि निर्णायक हुनेछ ।
६ खेलमा २ जित हासिल गरेको पाकिस्तानका लागि सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्नेछ । पाकिस्तान विश्वकपकै सबैभन्दा अनिश्चित टोली हो । यसअघिका प्रदर्शनले यस्तै बताउँछ ।
पहिलो खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया र भारतसँग पराजित भएको छ भने दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
पाकिस्तानका लागि मोहम्मद अमिरले अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा उसको एकरुपको प्रदर्शन देखिएको छैन । बलिङमा पनि अमिरबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।
आफ्नो लक्ष्य पूरा गर्नका लागि पाकिस्तानलाई निश्चित प्रदर्शनको आवश्यकता पर्नेछ ।
पाकिस्तानलाई किन १९९२ कै इतिहास दोहोरिन्छ जस्तो लागेको छ ?
----------------------------------
उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।