वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल हङकङसँग २ रन...
फागुन २७, २०८१ मंगलबार
काठमाण्डौ – चालु आर्थिक वर्षमा वैदेशिक सहायताको ४३ अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको छ ।
आर्थिक वर्ष २०७५-७६ मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन समीक्षा बैठकमा विभिन्न आयोजना प्रमुखले ४३ अर्ब रुपैयाँ शोधभर्ना हुन बाँकी रहेको जानकारी दिएका छन् । यो वर्ष वैदेशिक सहायतातर्फ ६३ अर्ब रुपैयाँ शोधभर्ना भने भैसकेको छ ।
बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीय तहबाट हुने खर्चको प्रगतिसमेत समयमै उपलब्ध भएपछि खर्चको यथार्थ प्रतिवेदन तयार हुने बताउनुभयो । यसैगरी उहाँले खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै तयार पार्नसमेत निर्देशन दिनुभयो ।
‘वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्ष २०७५-७६ को जेठ मसान्तसम्म उत्साहजनक रुपमा ६३ अर्ब सोधभर्ना प्राप्त भए पनि अझै ४३ अर्ब सोधभर्ना हुन बाँकी रहेकाले नेपाल सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्बन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्तितर्फ पहल गर्नुहोला’, अर्थमन्त्रीले निर्देशन दिनुभयो ।
कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राख्नेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।