नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ । भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् ।
पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदाे २ देखि ३ खेल गुमाउने भएका छन् । पाकिस्तानविरुद्ध बलिङ गर्ने क्रममा देब्रे खुट्टा पिचमा चिप्लिएपछि उनलाई चोट लागेको थियो । उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए ।
खेलपछि भारतीय कप्तान विराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिजविरुद्धको खेल गुमाउने बताएका छन् । उनका अनुसार, भुवनेश्वरले इङ्ल्याण्डविरुद्धको खेल समेत गुमाउन सक्नेछन् ।
’भुवनेश्वरलाई चोट लागेको हैन, बलिङ गर्न थोरै असहज मात्र भएको हो’, विराटले भने, ‘खुट्टा टेक्ने बेलामा थोरै चिप्लिएको मात्र हो । उनलाई केही दिन आराम दिने छौँ । आशा छ, उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन् ।’
भारतका ओपनर शिखर धवन पनि अस्ट्रेलियाविरुद्धको खेलमा औँलाको चोटका कारण दुई हप्ता मैदान बाहिर छन् ।
यसैगरी आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस (डीएल) पद्धतिको आधारमा ८९ रनले पराजित गरेको थियो । जितसँगै तेस्रो स्थानको भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।