उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुने छ ।
भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई अन्य टिमको भन्दा बढी महत्वका साथ लिइन्छ । दुवै देशका सर्मथकहरु आफ्नो देशको टिमका बारेमा निकै सजग हुने गरेकाले पनि दुई देशले मात्रै क्रिकेट खेलेका हुँदैनन्, दुवै देशका जनता पनि मैदानमै खेलेको जस्तो गर्छन् ।
त्यसैले आईसीसीले पनि भारत र पाकिस्तानबीचको खेललाई बढी नै महत्व दिएको पाइन्छ । भारत र पाकिस्तानबीचको खेलको छुट्टै सुरक्षा तयारी गरिएको जनाइएको छ । आईसीसीका महाप्रबन्धक क्लेयर फर्लोगले सुरक्षा मजबुत पारिएको बताउँदै थप खुलेर बोल्न चाहेनन् ।
क्लेयरले सुरक्षाको बारेमा जानकारी दिन नसक्ने बताउँदै प्रहरी र सुरक्षा एजेन्सीलाई सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने गरी काम गर्न निर्देशन दिएको उल्लेख गरे ।
स्रोतको दावीलाई आधार मान्ने हो भने भारत र पाकिस्तानबीचको खेलको बेला सैनिक परिचालन गर्न सकिनेछ । साथै प्रहरी गस्ती पनि हुनेछ । भारत र पाकिस्तानबीच विश्वकपमा यो सातौँ खेल हो । सन् १९९२ देखि आमने-सामने हुँदा जहिले पनि भारत पाकिस्तानविरुद्ध हावी हुँदै आएको छ ।
तर च्याम्पियन्स ट्रफीमा भने भारतलाई पराजित गर्दै पाकिस्तानले ट्रफी जितेको थियो ।
भारतीय टिमका कप्तान विराट कोहलीले पाकिस्तानविरुद्धको खेलका बारेमा प्रतिक्रिया दिँदै यो एउटा खेल मात्रै भएको र जित्नका लागि मैदान उत्रने बताए । माहोलले भने आफूहरुलाई दबाबमा राखेको भन्दै शत प्रतिशत क्रिकेट खेल्ने लक्ष्यका साथ भारतीय टिम मैदान उत्रने जानकारी दिए ।
यस्तै पाकिस्तानी टिमका कप्तान सर्फराज अहमदले पनि भारतसँग पाकिस्तानले उत्कृष्ट क्रिकेट खेल्ने बताए ।
भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितिसकेको छ भने पाकिस्तानले सन् १९९२ मा विश्वकप जितेको थियो । सन् १९९२ मा समूह चरणमा पाकिस्तान भारतसँग पराजित भए पनि फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको थियो ।
भारतले २०११ को सेमिफाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो भने फाइनलमा श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।