काभा भलिबल क्लब च्याम्पियनशिप : उपाधिका लागि हेल्प नेपाल र भा...
मंसिर २८, २०८१ शनिबार
मोरङ – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छ ।
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार उनीहरुले निवेदन दिएका थिए । निवेदन दिएपछि आज सुनुवाईको लागि पेसी चढेकोमा सरकारी वकिल तथा निवेदकका वकिलहरुले नै पेसी स्थगित गर्न निवेदन दिएपछि आजको पेसी पनि स्थागित भएको हो ।
मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर दर्ता गरेकाहरु मध्ये उच्च सरकारी वकिल कार्यालयको तर्फबाट टेकराज मल्ल ठकुरी, हेमन्त गौतम, पूण्यप्रसाद लामा, सञ्जय राउत, दिवेश लोहनी, विकासराज खनाल, गोविन्द निरौला र सम्बीरप्रसाद तोलाङ्गेको पेसी स्थगित गरिएको छ ।
त्यस्तै निवेदकको तर्फका वकिलले पनि पेसी स्थगितको लागि निवेदन दिएपछि आजको लागि तय भएको पेसी स्थगित भएको हो । यसरी निवेदकको तर्फबाट राजन थापा, एलबी मगर, बालकृष्ण श्रेष्ठ, विष्णुबहादुर खड्का, गोपालकुमार श्रेष्ठको पेसी स्थगित भएको उच्च सरकारी वकिलको कार्यालयका शाखा अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो ।
त्यस्तै सरकारी वकिलको तर्फबाट १७ नम्बर दायर भएको अम्बरबहादुर थापा र विष्णुबहादुर खड्कासहित बालकृष्ण सञ्जेल र श्याम खत्रीको भने कैफियत प्रतिवेदन प्राप्त नभएकोले पेसी स्थगित भएको हो । जिल्ला अदालतले बुझाउनु पर्ने कैफियत प्रतिवेदन उच्च अदालतमा पेश भएको छैन ।
उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता चिरन्जीवी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन दर्ता भएकाहरुको कैफियत प्रतिवेदन आइनसकेको जानकारी दिनुभयो ।
आदेश चित्त नबुझेर बन्दीहरुले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत बिराटनगरलाई ४ जना बाहेकको कैफियत प्रतिवेदन पठाइसकेको छ । कैफियत प्रतिवेदनमा अभियुक्तले दिएको बयान, घटना मुचुल्का र अदालतको आदेशसहितको विवरण समावेश गरिने उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।
मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेसी तोक्ने व्यवस्था अनुसार आज पेसी तोकिएकोमा कतिपय सरकारी वकिलबाट र कतिपय निबेदकका वकिलको तर्फबाट पेसी स्थगित भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।