राष्ट्रपतिद्वारा ५ वटा देशका लागि राजदूत नियुक्त

 मंसिर २८, २०८१ शुक्रबार १८:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा. डा. कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया