जंगलमा माेटरसाइकल राेकेर लुटपाट

 जेठ २८, २०७६ मंगलबार १६:२:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - नेपालगन्जका एक दम्पती साेमबार राति राप्ती राजमार्ग अन्तरगत तुलसीपुर-अमिलिया सडकखण्डमा पर्ने जंगलमा लुटिएका छन् ।

नेपालगञ्जका अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस समूहले अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र १५ हजार पर्ने मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा बाँकेबाट दाङको तुलसीपुरतर्फ आइरहेका अन्सारी दम्पतीलाई सोमबार राति जंगलमा रोकेर त्यस समूहले लुटपाट गरेको बताइएकाे छ ।

लुटपाट गर्ने क्रममा उनीहरुले छुरी तथा घरेलु हतियार र लाठीसमेत देखाएर कसैलाई भने ज्यान लिने धम्की समेत दिएको अन्सारी दम्पतीले बताएको पीडितलाई उद्दृत गर्दै  प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया