उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
आफ्नो पछिल्लो खेलमा पाकिस्तानविरुद्धको अप्रत्याशित हारपछि पुनरागमनको योजनामा रहेको आयोजक देश इंग्ल्याण्डले आईसीसी विश्वकपको आफ्नो तेस्रो खेलमा बंगलादेशी टिमसामु बलिङमा सुधार गर्नुपर्नेछ ।
यो खेल कार्डिफ वेल्स रंगशालामा शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको उपाधि दाबेदार घरेलु टोलीलाई पुनरागमन अत्यावश्यक छ । किनभने उनीहरुले ट्रेन्ट ब्रिजमा पाकिस्तानसँग १४ रनको पराजय व्यहोरेका थिए ।
यसअघिका दुवै खेलमा ३ सय भन्दा बढी रन प्रहार गरेको इंग्लिस ब्याटिङ पंक्तिमा टिप्पणी गर्ने ठाउँ छैन । तर, तीनपल्टको फाइनलिष्ट टोलीका लागि बलिङमा सुधार गर्नुपर्ने यसअघिका दुई खेलले देखाइसकेको छ ।
बंगलादेशविरुद्ध ओयन मोर्गानको टोलीलाई कुनै पनि गल्ती गर्ने छुट छैन । किनभने इंग्लिस समर्थकले चार वर्षअघि बंगलादेशसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको भुलेका छैनन् ।
बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध ओभलमा सानदार बलिङ प्रदर्शन गरेको थियो । २१ रनको जितका क्रममा उनीहरुले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई पूरा नियन्त्रणमा राखेका थिए । तर, न्यूजिल्याण्डविरुद्ध इनिङको सुरुवातमा बलिङ प्रभावकारी बन्न सकेन ।
ब्याट्सम्यानले पनि सुरुवातदेखि नै उल्लेख्य साझेदारी गर्न सकेनन् । कप्तान मसरफे मुर्तजाले आफ्ना ओपनिङ र मध्य क्रमका ब्याट्सम्यानसँग प्रदर्शनको अपेक्षा राखेका छन् । विशेष गरी शकिब अल हसनसँग बंगलादेशी टोली धेरै हदसम्म उनको प्रदर्शनमा निर्भर छ ।
कार्डिफको विकेट नयाँ बलमा खेल्न निकै कठिन हुन्छ । त्यसैले दुवै टोलीका ओपनरहरुका लागि यो खेल मुश्किल हुन सक्छ । इंग्ल्याण्डको पछिल्लो लय र घरेलु मैदानको परिचितताका कारण शनिबार बंगलादेशभन्दा इंग्ल्याण्ड हावी हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।