विश्वकप क्रिकेट : 'क्रेजी' समर्थकका अगाडि भारतलाई दबाब !

 जेठ १४, २०७६ मंगलबार १३:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई पटक विश्वकपको उपाधि जितिसकेको भारत सँधै हेभिवेट टिमका रुपमा गनिँदै आएको छ । यो वर्ष पनि भारतको छवि पूरानै खालको छ । यो संस्करणमा विराट कोहलीको कुशल नेतृत्वमा भारतले इंग्ल्याण्डको यात्रा तय गरेको छ । 

ब्याटिङ भारतको मुख्य हतियार हो । तर, उनीहरुसँग बलिङका विकल्पहरु पनि यथेष्ट मात्रामा छन् । कोहलीले नेतृत्व गरे पनि महेन्द्रसिंह धोनीको अनुभव भारतीय टिमको सबैभन्दा बलियो पक्ष हुनेछ । आफ्नो नेतृत्वमा एउटा विश्वकप जिताइसकेका धोनीले चौथो विश्वकप खेल्दैछन् ।

टिमले विश्वकप जित्नु आफ्नो ठाउँमा छ । तर, भारतीय टिमलाई समर्थकको चरम दबाब रहने गर्दछ । क्रिकेटमा ‘पागल’ हुने भारतीय समर्थकका लागि पनि मैदानमा उत्रिने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने दबाब छ । इंग्ल्याण्डजस्तै भारतलाई पनि यो संस्करणमा दाबेदारका रुपमा हेरिएको छ ।

कोहलीको उच्चस्तरीय प्रदर्शन भारतीय ब्याटिङको बलियो पक्ष हुनेछ । आफ्ना समर्थकको अपेक्षाका बारेमा कोहली राम्रैसँग परिचित छन् । भारत सेमिफाइनलसम्म नपुगेको अवस्थामा समर्थकबाट धेरै प्रश्नहरु आउन सक्छ ।

भारतीय समर्थक यतिसम्म पागल छन् की कुनै खेलाडीले खराब प्रदर्शन गरेमा उनीहरुको घरमा तोडफोड गर्न पनि पछि पर्दैनन् । यो अघिल्ला घटनाहरुले समेत देखाइसकेको छ ।

टिमका कप्तान विराट कोहली सबैभन्दा महत्वपूर्ण हतियार हुन् । ब्याटिङतर्फ उनकै प्रदर्शनका लागि भारतलाई प्रमुख दाबेदारको रुपमा हेरिएको हो । यो युगका सबैभन्दा उत्कृष्ट ब्याट्सम्याचका रुपमा उनलाई हेरिएको छ । विराटसँगै भारतीय टिममा रोहित शर्मा, शिखर धवन र केएल राहुल जस्ता विस्फोटक ब्याट्सम्यान पनि छन् ।

बलिङतर्फ जसप्रीत बुमराह भारतीय टिमका मुख्य हतियार हुन् । बलिङमा उनको तीव्रता, तीक्ष्णता र विविधताका कारण विपक्षी टिमका लागि खतरनाक बन्न सक्नेछन् । उनको योर्कर ब्याट्सम्यानलाई खेल्न निकै कठिन हुने गर्दछ । विश्व वरीयतामा ब्याटिङतर्फ कोहली पहिलो नम्बरमा छन् भने बलिङतर्फ बुमराह शीर्ष स्थानमा छन् ।

भारतले जुन ५ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट यो विश्वकप अभियान सुरु गर्नेछ । त्यसपछि जुन ९ मा अष्ट्रेलिया, १३ मा न्यूजिल्याण्ड, १६ मा पाकिस्तान, २२ मा अफगानिस्तान, २७ मा वेष्ट इण्डिज, ३० मा इंग्ल्याण्ड, जुलाई २ मा बंगलादेशसँग र ६ मा अफगानिस्तानसँग खेल्नेछ । 

भारतीय टिम

विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी, केदार जादव, दिनेश कार्तिक, युजवेन्द्र चहल, शिखर धवन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, मोहम्मद शामी, कुलदीप यादव

प्रशिक्षक : रवि शास्त्री

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया