उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई अभागी टिम भनिन्छ । दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टिम हो इंग्ल्याण्ड । क्रिकेटको जन्म इंग्ल्याण्डमा भएको मानिन्छ । तर, जुन खेल जन्मायो त्यही खेलको सबैभन्दा ठूलो प्रतियोगिता इंग्ल्याण्डले जित्न सकेको छैन । यो पटक आफ्नो साख जोगाउने अर्को प्रयास गर्दैछ ।
सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन । इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना गर्यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्र्याउन सकेको छैन ।
विश्वकपको पहिलो तीन संस्करण इंग्ल्याण्डमा नै भएको थियो । सन् १९७९ मा भएको दोस्रो संस्करणको फाइनलमा वेष्ट इण्डिजसँग९२ रनले पराजित हुँदै इंग्ल्याण्ड उपविजेतामा सीमित बन्यो । यस्तै हविगत सन् १९८७ मा भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा पनि भोग्यो । त्यसबेला अष्ट्रेलियासँग ७ रनको झिनो अन्तरले पराजित भयो ।
त्यसको लगत्तै भएको अर्को संस्करणमा इंग्ल्याण्ड पाकिस्तानसँग २२ रनले पराजित हुँदै फेरि पनि उपविजेतामा सीमित बन्यो । सन् १९९२ पछि इंग्ल्याण्ड फाइनलमा पुग्न सकेको छैन ।
घरेलु मैदान इंग्ल्याण्डका लागि बलियो पक्ष हुनेछ भने साथसाथै घरेलु दर्शकको बीचमा खेल्नु पर्ने स्थिति उसका लागि दबाबको विषय हुन सक्नेछ । यो विश्वकपमा इंग्ल्याण्डको ब्याटिङ लाइनअप सबैभन्दा उत्कृष्ट छ । यो विश्वकपमा रन धेरै बन्ने आँकलन हुँदै गर्दा इंग्ल्याण्डको ब्याटिङ लाइनअपले उनलाई विश्वकपको हकदार बनाउन सक्नेछ ।
विश्वकपमा इंग्ल्याण्ड कम्तीमा फाइनलसम्म पुग्ने आँकलन क्रिकेट विश्लेषकको छ । दक्षिण अफ्रिका जस्तै दाबेदार रहनु र अविश्वसनीय रुपमा पराजित हुनुका कारणले गर्दा कप्तान ओइन मोर्गानमाथि ठूलो दबाब छ ।
सन् २०१५ को संस्करणमा बंगलादेशसँग पराजित भएर समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्डले ब्यापक मेहनत गरेको छ । यो पटक नवआगन्तुक खेलाडी र अनुभवी खेलाडीको राम्रो समिश्रण छ ।
कागजमा हेर्ने हो भने इंग्ल्याण्ड टिममा बलरलाई ध्वस्त पार्न सक्ने क्षमता भएका खेलाडी छन् । एक खेलाडी चम्किएको खण्डमा पनि विपक्षी टिमलाई खतरा हुन सक्नेछ । ज्यासन रोय, जोस बट्लर, जोनी बेइस्र्टो, जो रुट र कप्तान ओइन मोर्गानको ब्याटिङले विश्वकप इतिहासकै सर्वाधिक रनको रेकर्ड बनाउन सक्नेछन् ।
बलिङतर्फ अदिल राशिद आईसीसी वरियताको शीर्ष १० भित्र रहेका खेलाडी हुन् । मोइन अलि अर्का बलर हुन् जसले अदिल रसिदसँग मिलेर विपक्षी ब्याटिङलाई सजाय दिन सक्नेछन् । पछिल्ला एक दिवशीयमा इंग्ल्याण्डले दुईपटक ३०० रन पार गरिसकेको छ । बलरहरुको बलिङ एट्याकले इंग्ल्याण्डलाई ठूलो अन्तरको जित दिलाउन महत्वपूर्ण भुमिका खेल्नेछ ।
आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ । ३० मेमा पहिलो खेल खेल्ने इंग्ल्याण्डले जुन ३ मा पाकिस्तानसाग, जुन ८ मा बंगलादेशसँग, १४ मा वेष्ट इण्डिजसँग, १८ मा अफगानिस्तानसँग, २१ मा श्रीलंकासँग, २५ मा अष्ट्रेलियासँग, ३० मा भारतसँग र जुलाई ३ मा न्यूजिल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ ।
ओइन मोर्गानको कप्तानीमा रहेको इंग्ल्याण्ड टिममा मोइन अलि, जोफ्रा आर्चर, जोनी बेइस्र्टो, जोस बट्लर, टम कुरान, लिया डावसन, लियाम प्लंकेट, अदिल रसिद, जो रुट, ज्यासन रोय, बेन स्टोक्स, जेमी भिन्स, क्रिस वक्स र मार्क उड ।
इंग्ल्याण्डका प्रशिक्षक ट्रेभर बेलिस हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।