एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गूगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ ।
गूगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् । हुवावेमाथि फोनको माध्यमबाट मानिसहरुको जासुसी गरेको आरोप लागेको छ ।
हुवावेलाई कालो सूचीमा राख्दा र गूगलले सपोर्ट नगर्दा के असर पर्छ ?
अमेरिकी सरकारले कालो सूचीमा राख्दा र इन्टेलजस्ता कम्पनीको सहयोग बन्द भएपछि भने हुवावेलाई ठूलो नोक्सान हुनेछ । हुवावेमा गूगल प्ले स्टोर, जीमेलजस्ता एप्स सेवा बन्द हुनेछ ।
यस्तो अवस्थामा हुवावेले एन्ड्रोइडको पब्लिक भर्जनबाट काम चलाउनुपर्ने हुन्छ । यसका साथै हुवावेका प्रयोगकर्ताहरुले गूगलको कुनै पनि सेवा प्रयोग गर्न पाउने छैनन् ।
कालो सूचीमा परिसकेपछि हुवावेले के गर्ला ?
कालो सूचीमा परेपछि हुवावेले एन्ड्रोइडको ओपन सोर्स प्रोजेक्टबाट काम चलाउनुपर्ने हुन्छ । गुगलको एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) जो कोहीले पनि प्रयोग गर्न सक्छन् ।
यो प्रोजेक्टद्वारा विश्वभर २ दशमलव ५ विलियन डिभाइस सक्रिय छन् । तर गुगलको यो प्रोजेक्टले अन्य व्यक्तिलाई सपोर्ट गरे पनि हुवावेलाई भने सपोर्ट गर्नेछैन ।
के भएको थियो ?
गएको वर्ष डिसेम्बर महिनाको सुरुवातमा अमेरिकाको दबाबमा क्यानडाले वैंकुवरको एक कम्पनीका प्रमुख वित्तीय अधिकारी मेंग वांगझूलाई गिरफ्तार गरेको थियो । मेंगले कम्पनीमाथि बेइमानी गरेको आरोप लागेको छ ।
गएको वर्ष नै सुरक्षा कारण देखाउँदै संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले हुवावेको स्मार्टफोन प्रयोगमा रोक लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।