उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सर्लाही - सर्लाहीको सदरमुकाम मलंगवामा आगलागी हुँदा झण्डै ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मलंगवा नगरपालिका-१०, मा रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किँदा ६ वटा पसलसमेत चलेर नष्ट भएका छन् ।
बुधबार राति भएको आगलागीले पसलहरुमा रहेको सरसमान जलेर ५९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मलंगवा नगरपालिकाको नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको काठको फर्निचर पसल, राज किसुन पंडितको काठको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने काठको पसल, पिन्टु यादवको काठले बनेको बोर्डमा लेख्ने आर्टिस्ट पसल र शम्भु ठाकुर हजामको काठको सैलुन पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट ठूलो मात्रामा क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।