उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङमा दलहरुले सामुदायिक वनको चुनावलाई आफ्नो स्थिति नाप्ने कडी बनाएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरको पलासेमा रहेको स्वर्गद्वारी सामुदायिक वन समूहमा नेतृत्व चयनका लागि यस्तै भयो ।
दुई हप्ताको समय राखेर उनीहरुको प्यानल बनाएर गाउँगाउँमा गएर भोट पनि मागे । मंगलबार चुनाव पनि भयो । चुनावमा प्रजातान्त्रिक समूह अध्यक्ष सहित सबै पदमा विजयी भएको छ ।
कांग्रेस नेता कृष्ण किशोर घिमिरे तथा कमलकिशोर घिमिरेको वन समूह भएका कारण पनि यो चुनावलाई रामपुरमा निकै चर्चाको विषयका रुपमा लिइएको थियो ।स्थानीय तहमा वनको यो चुनावलाई कांग्रेस र नेकपाको उपस्थितिका रुपमा लिइएको थियो ।
चुनावको मतपरिणामअनुसार अध्यक्षमा प्रजातान्त्रिक समूहका फूलमान चौधरी १ सय ४३ मत ल्याएर विजयी हुनु भएको छ । वामपन्थी समूहका निवर्तमान अध्यक्ष वीरबहादुर विकले १ सय १ मत ल्याउनु भएको छ । उपाध्यक्षमा प्रजातान्त्रिक समूहका उपाध्यक्ष जगदीश चौधरी, सचिवमा रिता चौधरी र कोशाध्यक्षमा शरद केसी विजयी हुनुभएको छ ।
सदस्यहरुमा बाधु चौधरी, मुक्ति थापा, मिनाकुमारी चौधरी, अमृता विक र सुन्दरा नेपाली विजयी हुनुभएको छ । २ सय ६४ उपभोक्ता रहेकोे यस वन समूहको चुनावमा २ सय ५२ मत खसेको थियो । ५ मत बदर भएको थियो ।
चुनावी परिणामपछि रामपुरमा बाजागाजासहित विजयी जुलुस निकालिएको थियाे । दाङमा ५ सय १९ वन समूह छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।