उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
यूएई – वैदेशिक रोजगारीका क्रममा ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले क्षतिपूर्ति बापत झण्डै १० करोड रुपैयाँ पाएका छन् ।
सन् २०१८ मा ज्यान गुमाएका ११ जनामध्ये ७ जनाको परिवारले ९ करोड ८१ लाख ५ हजार ९ सय ९३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । बाँकी चार जनाको परिवारको क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया गरिरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
इलामकी फूलमाया तामाङ, पाल्पाका बद्रीप्रसाद ढुंगाना, सुनसरीका शुक्रराज मगर, धनकुटाकी गंगाकुमारी राई, रुपन्देहीका बिमल गुरुङ, मकवानपुरका इन्द्रबहादुर स्यातान, तनुहँका बिष्णुबाबु तिवारीका परिवारले क्षतिपूर्ति पाएका हुन् ।
इलामकी फूलमायाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उहाँको परिवारले ब्लडमनी वापत ६५ सय ओमानी रियाल अर्थात झन्डै साढे १८ लाख रुपैयाँ पाएको हो । त्यस्तै पाल्पाका बद्रीप्रसाद ढुंगानाको परिवारले १४ सय ९५ ओमानी रियाल पाएको हो ।
त्यस्तै कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका सुनसरीका शुक्रराज मगरको परिवारले सामाजिक सुरक्षा कोषबाट २ हजार ७ र कार्यस्थल दुर्घटनाका कारण बीमा बापत ५ हजार ओमानी रियाल पाएको छ ।
धनकुटाकी गंगाकुमारी राईको परिवारले कार्यस्थल दुर्घटनाको क्षतिपूर्ति बापत ५ हजार र मकवानपुरका इन्द्रबहादुर स्यातानको परिवारले तलब बापत २ हजार ८४ ओमानी रियाल पाएको दूतावासले जनाएको छ ।
रुपन्देहीका बिमल गुरुङको परिवारले बीमाबाट ५ हजार, तनुहँका डाक्टर बिष्णुबाबु तिवारीको परिवारले उपदान बापत ७ हजार १ सय ७ ओमानी रियल पाउनुभएको हो । ओमानमा पशु चिकित्सकको रुपमा कार्यरत डाक्टर तिवारीको भरुभूमीमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टिँदा सन् २०१८ को सेप्टेम्बरमा ज्यान गएको हो ।
पीडित परिवारले पाउनुपर्ने रकम नेपालस्थित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको रोहबरमा सम्बन्धित व्याक्तिको परिवारलाई हस्तान्तरण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।