बेचबिखनमा लैजान लागिएका १० महिलाको उद्धार

 असार ११, २०७५ सोमबार १०:२६:१ | रासस
unn.prixa.net

काठमाडाैं – महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । 

प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । 

प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिनुभयो । “उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जनालाई बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिएका हौँ,” उहाँले भन्नुभयो । 

आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ । लैजाने व्यक्ति भने फरार रहेका छन् । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया