विश्वकै सबैभन्दा वृद्धा जापानकी केन तानाका

 फागुन २६, २०७५ आइतबार ८:१९:१९ | रासस
unn.prixa.net

आफ्नो जीवनको उत्तरार्द्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डस्ले शनिबार जनाएको छ । 

विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा रहेकी छिन् भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन् । 

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएकी जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनकाे सम्मान गरिएको छ । उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ । 

जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्त तर प्रष्ट स्वरमा भनिन्, “अहिले ।” 

सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ । विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ । 

जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सबैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ वर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट रहेका थिए । जसको मृत्यु सन् १९९७ मा १२२ वर्षको उमेरमा भएको थियो । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया