उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
झापा – झापाकाे काँकडभिट्टामा शनिबारबाट ‘कला साहित्य उत्सव २०७५' सुरु भएकाे छ । रिडर्स झापाको आयोजनामा काँकडभिट्टा खानेपानी संस्थाको सभाहलमा कलाकारले गीत गाएर उत्सवको उद्घाटन गरे ।
देशकाे साहित्य, कला, राजनीति र पत्रकारिताका विभिन्न आयामका बारेमा विद्वत प्रवचन र विमर्श हुने यस कार्यक्रमको पहिलो सत्रमा प्रसिद्ध विश्लेषक हरि शर्माले 'लोकतन्त्र र आलोचनात्मक चेत’का विषयमा प्रवचन दिनुभएको छ ।
उहाँले विचारको विविधता, प्रश्न र सङ्घर्षबाट नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभयो । दोस्रो सत्रमा 'साहित्यको दलन’ शीर्षकमा सामूहिक विमर्श गरिएको थियो ।
'उर्गेनका घोडा' र ‘माङ्गेना’ जस्ता चर्चित उपन्यासका लेखक युग पाठक, दलित अधिकारवादी साहित्यकार जेबी विश्वकर्मा र दार्जीलिङका भारतीय नेपाली साहित्यकार सुधीर क्षेत्रीले छलफलमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
उपन्यासकार पाठकले पाठ्यपुस्तक र साहित्यमा सद्भाव र समानताको जति धेरै शब्द लेखिए पनि नेपाली समाजमा दलित एवं जातीय आधारमा हुने विभेद चर्को रुपमा रहेको दाबी गर्नुभयो ।
दलित अधिकारकर्मी विश्वकर्माले लेखक विभेदकारी हुँदा उसको लेखनमा समेत विभेद झल्किने अनेक उदाहरण प्रस्तुत गर्नुभयो । भारतीय साहित्यकार क्षेत्रीले भारतीय नेपाली समाजमा तुलनात्मक रुपमा छुवाछुत र जातीय विभेदको समस्या कम भएको उल्लेख गर्दै दलनमा परेको समुदायप्रति सहानुभूतिले होइन, स्वानुभूतिले साहित्य लेखिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कवितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बिर प्रदर्शनी आयोजना हुने आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।