उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली - धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शुक्रबार उद्घाटन गरिएको छ ।
धनगढी क्रिकेट एकेडेमीले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले प्रतियोगितालाई र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताउनुभयाे ।
प्रतियोगिता उद्घाटन भए पनि वर्षाका कारण खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने बताइएको छ । लगातारको वर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिनपछि सारिएको हो ।
दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई खेल हुनेछन् । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै, दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड खेल्नेछन् ।
प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।