उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
यूएई – श्रम सम्झौताको मस्यौदामा छलफल गर्न ओमान पुगेको नेपाली टोलीले आइतबार ओमानमा छलफल सुरु गरेको छ ।
शनिबार पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको टोलीले ओमानको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गरेको हो । छलफल सोमबार पनि हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
छलफलमा नेपालबाट आएको ५ सदस्यीय प्राविधिक टोलीसँगै दूतावासकी नियोग उपप्रमुख रोजिना ताम्राकार तथा श्रम सहचारी कृष्णकुमारी गौली पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ ।
सम्झौताका लागि ओमानले दुई महिनाअघि पठाएको खाकामा नेपालले आफ्नो बिषय राखेर प्रस्ताव तयार गरेको छ । सोही प्रस्तावमा राखिएका बिषयमा छलफल सुरु भएको र सोमबार पनि छलफल गरेर मस्यौदालाई अन्तिम रुप दिने टोलीको तयारी छ ।
प्रस्तावमा दुवै देश सहमत भए मन्त्री स्तरिय भ्रमण गराएर सम्झौतामा हस्ताक्षर गरिने ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो । सोमबार ओमानसँगको छलफलपछि टोली मंगलबार यूएई आउने कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।