उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडाैं – कसैले आजाद भिसामा कतार पठाउँछु भनिरहेको छ ? त्यसो हो भने उसले तपाईंलाई ठग्न खोजिरहेको छ ।
आजाद भिसामा कतार लगायतका खाडीका अरु देशमा कसैले रोजगारी गर्न पठाउँछु भन्यो भने उसको कुरा नपत्याउनु होला । आजाद भिसाको नाममा नेपाली युवालाई ठगी गर्ने दलाल सक्रिय भएका छन् ।
आजाद भिसा नहुने र कसैले त्यस्तो भिसामा कतार पठाउने भन्दै छ भने वैदेशिक रोजगार विभागमा गएर बुझ्न नेपाली दूतावास कतारले अनुरोध गरेको छ । आजाद भिसामा रोजगारी गर्न पठाउने भन्दै नेपालबाट कतार पु¥याएर ठगी गर्ने बढेको पनि दूतावासले जनाएको छ ।
त्यस्तै कुनै लोभ देखाएर खाली कागज वा अन्य नवुझिने गरी लेखिएको कागजातमा सही नगर्न पनि दूतावासले आग्रह गरेको छ । कम्पनीका व्यक्तिले त्यस्ता कागजमा सही गराएर अदालतमा पेश गरी आफूले पाउने सुविधावाट वन्चित गराउने, प्रहरी र अदालतमा पेश गरी थुनामा पठाउने अवस्था आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । आफू कार्यरत कम्पनीले दुई महिना पनि तलब र अन्य सुविधा नदिए खबर गर्न पनि दूतावासले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।