अफगानिस्तानले अस्ट्रेलियालाई दियो २ सय ७४ रनको लक्ष्य

 फागुन १६, २०८१ शुक्रबार १८:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । अफगानिस्तानका सेदिकुल्लाह अटलले ८५, अजमतुल्लाह ओमरजाईले ६७ रन बनाए । अस्ट्रेलियाका बेन ड्वारशुइसले ३ तथा स्पेन्सेर जोनसन र एडम जम्पाले २/२ विकेट लिए ।

अस्ट्रेलिया २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ । यो खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । यो समूहबाट इङ्गल्यान्ड बाहिरिइसकेको छ भने दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया