काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा

 फागुन १६, २०८१ शुक्रबार ११:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट पानी परेको छ । आज तराईबाहेक सबै प्रदेशका धेरै ठाउँमा वर्षा हुने राम्रो सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभएको छ ।

पश्चिमी वायु सक्रिय हुँदा आज दिउँसो काठमाण्डौलगायत उत्तरी पूर्व भागमा हल्का वर्षा हुने अनुमान छ ।

यसैबीच सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा र गण्डकी प्रदेशको केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा धेरै बैतडीको डैन्सेली जलमापन केन्द्रमा ३१ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै कालीकोटको नाग्मामा २९ दशमलव ४, बाजुरामा २८ दशमलव २, डोटीमा २५ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै डोल्पा, जुम्ला, मुगु, हुम्लालगायतका पश्चिमी क्षेत्रमा पानी परिरहेको छ । पश्चिमी क्षेत्रको धेरै भागमा आज  मेघगर्जन र चट्याङसहितको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

हिउँदको अन्तिममा आज मध्यम किसिमको राम्रो वर्षा भइरहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । देशका धेरै ठाउँमा भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया