महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ । ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाउनुभएको थियो । त्यतिखेर पनि उहाँले फेरि कर बढाउने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिले व्यापार साझेदारहरूसँग व्यापारसम्बन्धी नीतिहरु लगातार परिवर्तन गरिरहनुभएको खबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रमले हिजो मात्रै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतले कर लगाउने चेतावनी दिनुभएको थियो । चीन, मेक्सिको र क्यानडा अमेरिकाका प्रमुख तीन व्यापार साझेदारहरू हुन् ।
गएको वर्ष यी देशले अमेरिकामा आयातको ४० प्रतिशतभन्दा धेरैको योगदान गरेका थिए । तीन देशका सामानहरूमा बढाइएको करका कारण अमेरिकामा प्राय सबै सामानमा उच्च मूल्य वृद्धि हुनसक्ने भन्दै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।