बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरालगायतका क्षेत्रमा बाक्लाे हिमपात भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका स्थानियबासी राजेन्द्र महतका अनुसार यसअघि पुसमा पहिलो पटक र फागुन पहिलो हप्ता दोस्रो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो ।
गएराति भने निकै बाग्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाग्लो हिमपात परे पनि दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई खासै असर नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।
उहाँका अनुसार पाथीभराधामबाट झन्डै दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्री सहजै पाथीभरा धामसम्म जान सक्छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज अहिलेसम्म झन्डै तीन सय जना तिर्थयात्रीले पाथीभरा धामको दर्शन गरेका छन् ।
यो पनि पढ्नु होस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।