इजरायलको तेल अभिभमा तीन वटा बसमा बम विस्फोट

 फागुन ९, २०८१ शुक्रबार १२:४१:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलका प्रमुख शहरहरूमध्ये एक तेल अभिभको दक्षिणमा रहेको ब्याट याम शहरमा तीन वटा बसमा बम विस्फोट भएको छ । बीबीसीका अनुसार यी विस्फोटमा अहिलेसम्म कुनै हताहतीको विवरण आएको छैन ।

इजरायली प्रहरीका अनुसार यो संदिग्ध आतङ्कवादी आक्रमण हो । इजरायली प्रहरीले अन्य दुई बसमा विस्फोट गराउने उद्देश्यले राखिएको यन्त्रलाई पनि निष्क्रिय पारेको खबरमा उल्लेख छ ।

इजरायलका यातायातमन्त्री मिरी रागेभले अनुसन्धान गर्न सजिलो होस् भनेर देशका सबै बस र रेलको आवतजावतमा प्रतिबन्ध लगाउनुभएको छ ।

यस्तै इजरायली रक्षा बललाई वेस्ट बैंकमा रहेका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आदेश दिइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनालाई लिएर चिन्ता व्यक्त गर्दै  घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया