सात महिनामा करिब १९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

 फागुन १०, २०८१ शनिबार ९:२३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म करिब १९ अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघसम्म विभिन्न देशबाट १२ लाख २९ हजार थान स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।

गएको आर्थिक वर्षको यसै अवधिमा १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।

सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ । चीनबाट ७ महिनामा झण्डै १३ अर्ब रुपैयाँ बराबरको ९ लाख ५३ हजार थान स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको २ लाख ७२ हजार थान स्मार्टफोन आयात भएको छ । स्मार्टफोन आयातबाट सरकारले सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया