पहाडका एक/दुई ठाउँमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

 फागुन ६, २०८१ मंगलबार ८:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ । अहिले विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा पूर्व कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

काठमाण्डौ उपत्यका र तराई क्षेत्रमा आज बिहान हुस्सु लागेको छ । काठमाण्डौमा दिउँसोसम्म नै बादल लाग्ने सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान अनुसार पर्सि बिहीवार मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । तर ठूलो पानी पर्ने सम्भावना देखिएको छैन । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया