भृकुटीमण्डपमा 'मेक इन नेपाल' र 'नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो' शुरू

 माघ १०, २०८१ बिहीबार १५:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि 'मेक इन नेपाल एक्सपो २०२५' र 'नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्स्पो' शुरू भएको छ ।

नेपाल उद्योग परिसङ्घसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग सङ्घको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एकैसाथ दुई वटा एक्स्पो शुरू भएका हुन् । एक्स्पो पर्सिसम्म सञ्चालन हुनेछन् ।

एक्स्पोमा नेपाली पस्मिना हस्तकला, कृषि र घरेलु उत्पादनको विशेष स्टलहरू, अनलाइन र डिजिटल मार्केटिङ प्लेटफर्महरूको प्रवर्द्धन, नेटवर्किङ कार्यक्रमहरू, स्थानीय र अन्तर्राष्ट्रिय उद्योगहरूसँग सहकार्य, ब्रान्डिङ क्याम्पेन सुविधा छन् ।

एक्स्पोले नेपाली उत्पादनको प्रवर्द्धनका लागि विशेष टेवा पुर्‍याउने र नेपाली उत्पादनलाई प्रोत्साहन पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । एक्स्पोमा स्वदेशी वस्तु तथा सेवाका एक सय ५० वटा स्टल रहेका छन् ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया