बाँकेको राप्ती नदीबाट जलमा आश्रित चरा गणना शुरु
माघ ६, २०८१ आइतबार
हुम्ला – जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गएको पुस २९ गते अस्पताल आउनुभएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका डा. हेमविक्रम शाहीले बताउनुभयो ।
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना हुनुभएकी उहाँलाई शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने अवस्था रहेको तर आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत डाक्टर, अनमी र स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । परियारले दुई जुम्ल्याहा छोरी जन्माउनुभएको छ । जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।