प्रमुख चार दलका सचेतकबीच कानून निर्माणको विषयमा छलफल

 माघ ४, २०८१ शुक्रबार १५:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद्का प्रमुख चार दलका मुख्य र प्रमुख सचेतकबीच आज छलफल भएको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी रहेका थिए ।

संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउँदै कानून निर्माणलाई तीव्रता दिन एकजुट भएर अघि बढ्ने बारेमा कुराकानी केन्द्रित रहेको बताउनुभयो ।

सरकारले संसद्मा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षाैं 'होल्ड' भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको बर्ताैलाकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया