उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – आइतबार काठमाडौंमा दोस्रो आइवार्ट महिला चलचित्र महोत्सव सम्पन्न भएको छ ।
रेडियो र टेलिभिजनमा काम गर्ने महिलाको अन्तर्राष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले सञ्चारिका समूहको सहकार्यमा महोत्सव सम्पन्न गरेको हो ।महोत्सवमा महिला निर्देशकले निर्माण गरेका नेपाललगायत १० वटा देशका १२ वटा छोटा चलचित्र प्रदर्शन गरिएका थिए । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न महोत्वमा नेपाली महिलाले बनाएका छोटा ७ चलचित्रमा ३ वटा चलचित्र उत्कृष्ट तीनमा परेका थिए ।
उत्कृष्ट तीन चलचित्रमध्ये ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ चलचित्रले पहिलो स्थान हात पार्न सफल भएको छ । त्यसैगरी विद्या चापागाईँको ‘स्टोरी अफ स्कुल’ र निशा मानन्धरको ‘वि क्यान’ चलचित्रले क्रमशः दोस्रो र तेस्रो स्थान पाएका थिए ।
लघुचलचित्रको छनोट निर्देशक सुष्मा गाैतम, असिम शाह र सम्झना उप्रेती रौनियारकाे समूहले गरेकाे थियाे । कार्यक्रममा नतिजा सुनाउँदै निर्देशक राैनियारले चलचित्रको कथाबस्तु, निर्देशन, फोटो र प्रस्तुतिका आधारमा उत्कृष्ट गरिएकाे बताउनुभयाे ।
महिला फिल्म निर्माताको लेन्सबाट हेरौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त फिल्म निर्माता, निर्देशक, कलेजका प्रतिनिधि, विद्यार्थी र पत्रकारको सहभागिता रहेको थियो ।
नेपालमा २००७ सालमा बन्दना राणाले सुरु गर्नु भएको आइवार्टले रेडियो र टेलिभिजनमा काम गर्ने पत्रकार महिलाको कार्यक्षमता विकासका लागि काम गर्दै आइरहेको छ । अहिले आइवार्टको अध्यक्ष मन्टेश्वरी राजभण्डारी हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।