अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति राष्ट्रपति पौडेल र सभामुख घिमिरेबाट शोक व्यक्त

 पुष १५, २०८१ सोमबार १४:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एजेन्सी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गर्नुभएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले पनि जिमी कार्टरको निधनप्रति शोक व्यक्त गगर्नुभएको छ । घिमिरेले शोक वक्तव्य निकालेर कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहने उल्लेख गर्नुभएको छ । कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्द्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली नागरिकलाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गरेको सभामुखले बताउनुभएको छ ।

अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । राष्ट्रपतिको पदबाट हटेपछि पनि अन्तर्राष्ट्रिय रूपमा राजनेताको पहिचान बनाउनुभएका कार्टर मानव अधिकार र सामाजिक न्यायका अभियन्ता हुनुहुन्थ्यो । उहाँको संस्था कार्टर सेन्टरले नेपालमा पनि केही गतिविधि सञ्चालन गरेको थियो ।

सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया चलिरहँदा उहाँ काठमाण्डौ आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै २०६४ साल र २०७० सालमा भएका संविधानसभाका दुवै चुनावको पर्यवेक्षणका लागि पनि उहाँ नेपाल आउनुभएको थियो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया